Sunday, February 13, 2011

गजल


"क्षितिजको मित्र'' प्रकाश धमला 
तिम्रो तस्बीर  सिरानीमा दिनहुँ हाली निदाउँछु
सपनीमा सधैँ भेट्ने आशा पाली निदाउँछु
तिमी हाँस्छौ तिमी रम्छौ प्रभात जति तिम्रै हुन्
आफू भने प्रत्येक सन्ध्या मुटु टाली निदाउँछु

समय, शहीद अनि सन्तान

क्षितिजको मित्र प्रकाश धमला
धेरै वर्ष अघि
टाटनामा भेडा बाख्रा कराउँदै गर्दा तबेलामा घोडी बछेड़ी हिन्हिनाउँदै गर्दा
म माथिल्लो छिमेकीकोमा रातो तारा माग्दै थिएँ
पर क्षितिजमा परिवर्तन चियाउँदै गर्दा
मेरा सन्तान हन्बेर्नोझैँ परजीवीको हातबाट
शोषणको तेल पुस्न विवश थिएँ
भूमिसंग सुहागरात मनाउन
चट्टानहरु ब्यस्त थिए
बिचारी मेरी जननी रुँदै, कराउँदै, हिकहिकाउँदै
बलात्कार स्वीकार्न बाध्य थिइन्
त्यतिखेर
समय निश्चित परिधिभित्र कैद थियो
जञ्जिरमा, यातनामा, बलात्कारमा, गोला-बारुदमा
लठ्ठीमुंग्रीमा

रिटार्यड डाक्टर र गलत औषधि

एक अञ्जुली घाम लिएर
वर्ष चिसिएका ती निरिह अनुहारहरुमा
अर्थको न्यानोपन दिन किन खोजेको तिमीले ?
शताब्दिऔं पिसोल्टिएका छन् मूनाहरु
शताब्दिऔंदेखि अधिकार लम्पसार बलेसीमा
शताब्दिऔंदेखि स्वातन्त्रता डुबिरहेको नहरहरुमा
तिमी स्वातन्त्रता नहरहरुबाट झिकिरहेछौ
तिमी अधिकार बलेसीबाट उठाइरहेछौ
मलम लाउनु पर्नेहरुलाई
मलम लगाइरहेछौं
शल्याक्रिया गर्नेहरुलाई
शल्याक्रिया गरिरहेछौ
बेहोसीहरुलाई
कानाहरुलाई
बहिराहरुलाई

STANDING ON THE NO MAN'S LAND OF LIFE


XITIZ KO MITRA PRAKASH DHAMALA

SOUTH AUSTRALIA
My dreams were shattered down
And I was expelled from the wombs of my native land
Where the new moon slept upon me
Where the full moon sang with me
Where the mourning cry of Manas river
Reverberated through my thought

अपेक्षामध्य आकाशवाट

एक टुक्रा बादल फाटेर
तिमीसम्म थोपा-थोपा भई
अनवरत झरिरहें
कहिले हावासँग जुध्दै झरें
कहिले तापमा परेर झरें
कहिले बादलसँग मडारिंदै झरें
कहिले झर्दा-झर्दै मरेर झरें

म हजुरबुबा र भानुको रामायण

क्षितिजकोमित्र प्रकाश धमला
अस्ट्रेलिया
धेरै वर्ष अघिको कुरा हो
सायद म सानो छदै हुनुपर्छ ,जतिखेर म
बुबालाई भन्दा पनि हजुरबुबालाई ज्यादा माया गर्थें
बुबामा भन्दा पनि हजुरबुबामा ज्यादा रमाउथे